इदको अवसरमा भोली (बिहिबार) सार्वजनिक बिदा 

gyan kendra dadel

नेपाल सरकारले भोलि (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र (ईद) भोलि (बिहिबार) परेको सार्वजनिक बिदा दिने निर्णय गरिएको नेपाल सरकार गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दै मुस्लिम समुदायको इद पर्वको अवसरमा नेपालमा चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो । 

Khanepani dadeldhura

मुस्लिम धर्मावलम्वीहरुको एक महिने ब्रत आज साँझ सकिँदै छ । इद उल फित्र पर्व एक महिनाको ब्रत रोजा सकिएको दिन साँझमा चन्द्रमा देखिएमा भोलिपल्ट इद मनाउने गरिन्छ । इदको नमाज पढ्नु अगाडी नेपाल लगायत बिश्वभरका मुस्लिम समुदायले आफ्नो एक वर्षको आम्दानिबाट तोकिए बमोजीमको निश्चित रकम छुट्याएर त्यसलाई सहयोग तथा दानको रुपमा वितरण गर्छन् । 

ajaymeru gaupalika
udhok dadeldhura

यसरी छुट्याएर वितरण गरिने रकमलाई अरेबिकमा ‘जकात’ दिने भनिन्छ । जकात बापतको यस्तो रकम आफ्नो परिवारको सबै भन्दा कम्जोर आर्थिक अवस्था भएकोलाई, त्यो नभए छिमेकमा सबै भन्दा बढी कम्जोर आर्थिक अवस्था भएकोलाई र एवम रितले वितरण गर्नु पर्ने इस्लामिक कानुन छ । 

इदमा आफ्नो हिस्साको जकातको पैसा छुट्याएपछि मुस्लिम समुदायहरु आफ्नो घर नजिकैको इदगाह (खुला मैदान) मा सामुहिक रुपमा नमाज पढ्ने गर्छन । र एक आपसमा शुभकामना आदान प्रदान गर्दै मिठा परिकार खाएर इदको खुसियाली मनाउने गर्छन् । 

Loading...