
धनगढी- धनगढीका टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्। धनगढीमा उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले गौरीगंगा नगरपालिका– १ का ४७ वर्षीय बाबुराम चौधरी घाइते भएका हुन् ।


धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा साइकलमा सवार चौधरीलाई टिप्परले ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तपेन्द्र सिंह बोहराका अनुसार चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनको केजी अस्पतालमा उपचार हुँदैछ। टिप्पर सहित चालक सुरेन्द्र रावललाई अहिले प्रहरीको नियन्त्रणमा छन् ।
