प्रतिष्ठान गोदावरीले साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार प्रदान

धनगढी – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले दुई जना साहित्यकारलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डा। वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद्, साहित्यकार एवम् भाषाविद् प्राध्यापक डा। चूडामणि बन्धुलाई सो पुरस्कार प्रदान गरेको हो ।

Dadeldhura hospital

बुधबार धनगढीमा आयोजित एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुरस्कार हस्तान्तरण गरे । पुरस्कारको राशि १ लाख रुपियाँ छ । धनगढीका महाकाव्यकार तथा ज्योतिषी मनिराज जोशी र उहाँका परिवारका सदस्यहरु गोविन्द, तारा र वसन्तराज जोशीले मनिराज वाङ्मय पुरस्कारको स्थापना गर्नु भएको थियो । सो पुरस्कार नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले हरेक वर्ष नेपालका मूर्धन्य साहित्यकारलाई प्रदान गर्दै आएको छ । पुरस्कारका लागि जोशी परिवारले १० लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।

प्रतिष्ठानले विगत छ वर्ष देखि यो पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार पद्मराज जोशीले बताए । प्रतिष्ठानले यसअघि, राष्ट्रकवि माधव प्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द र उपन्यासकार, कथाकार तथा समालोचक तुलसी भट्टराईलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिसकेको छ । २०७८ र २०७९ मा प्राधिक कारणवश वितरण हुन नसकेको पुरस्कार यसवर्ष एकै पटक प्रदान गरिएको अध्यक्ष जोशीले बताए ।

यसैगरी साहित्यकार एवम् पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृप बहादुर स्वाँर पुरस्कार प्रदान गरिएको छ ।

Loading...