धनगढीमा ठगी र विदेशी विनिमय अपचलन मुद्दाका फरार तीन जना पक्राउ

gyan kendra dadel

धनगढी- कैलालीको धनगढीमा ठगी र विदेशी विनिमय अपचलन मुद्दाका फरार तीन जना पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीबाट दोषी ठहर भई फरार रहेका तीनै जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Khanepani dadeldhura
udhok dadeldhura

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले विदेशी विनिमय अपचलन मुद्दामा २ लाख १ सय ८७ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१० का रोहित राना, धनगढी उपमहानगरपालिका–१ का राम बहादुर थापालाई पक्राउ गरिएको बताए ।

ajaymeru gaupalika

यस्तै ठगी मुद्दामा १० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का बिरेन्द्र सिंह पक्राउ परेको उनले जानकारी दिए । अदालतबाट दोषी ठहर भई फरार रहेका तीनै जनालाई सोमबार पक्राउ गरी जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ। उनीहरूमाथि थप अनुसन्धान भैरहेको बताइएको छ ।

Loading...