कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला

gyan kendra dadel

धनगढी- कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका १० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर बिष्टले जानकारी दिए ।

Khanepani dadeldhura
udhok dadeldhura

प्रमुख प्रहरी उपरीक्षक (एसपी) बिष्टका अनुसार मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।

ajaymeru gaupalika

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएपनि कारण पत्ता लागेको छैन् । प्रारम्भिक अनुसन्धानका क्रममा जेठो छोरी केही वर्ष देखि मुटु रोग र कान्छी छोरी डिप्रेसनको औषध खाइ रहेको बुझिएको एसपी बिष्टले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...