आज उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन 

काठमाडौँ- उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

udhok dadeldhura

त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । उपनिर्वाचन हुने इलाम २ मा २० र बझाङ १ र १ मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

२०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ । एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम २ माउपचुनाव हुन लागेको हो । यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ र १ मा उपचुनाव हुन लागेको हो ।

Loading...