पहाडी जिल्ला जाने यात्रु संग बढी भाडा लिएको गुनासो बढेपछि ट्राफिकको निगरानी 

अत्तरिया– कैलालीको अत्तरिया बसपार्कबाट पहाडी जिल्ला जाने यात्रु संग निर्धारितभन्दा बढी भाडा लिने गरेको पाइएको छ । अत्तरिया बसपार्कमा हिजोआज अहिले नयाँ वर्षका लागि पहाडी जिल्ला यात्रुहरूको चाप बढेको छ । सोही मौका छोपी यातायात व्यवसायीहरूले निर्धारित भन्दा बढी भाडा लिइरहेका हुन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले अत्तरिया बसपार्कमा बढी भाडा लिइरहेको गुनासोपछि निगरानी बढाइएको बताए । ट्राफिक तथा सिभिल प्रहरी खटाइएको उनले बताए । निर्धारितभन्दा बढी भाडा लिएको पाइएमा ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।

ADD Khali jpg
Loading...