

अत्तरिया– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको स्वकीय सचिवमा गोदावरी नगरपालिका अत्तरियाका आनन्द भट्ट नियुक्त भएका छन् । सोमबार भट्ट नियुक्त भएका हुन् ।




भट्ट नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत रहेका छन् । पार्टी भित्र भट्टले इमान्दार कार्यकर्ताहरूका रुपमा आफ्नो पहिचान बनाएका छन् ।




