गोदावरी नगरपालिका -१ ले अपाङ्गता भएका ब्यक्तिहरूलाई सहायक सामाग्री वितरण

gyan kendra dadel

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ ले अपाङ्गता भएका ब्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरेको छ । वडाको आर्थिक सहयोगमा अपाङ्ग एकता समाज कैलालीले सहायक सामाग्री खरिद तथा बितरण पश्चात  १ थान बैशाखी र १ थान छडी र ३ थान कम्बो ह्वील चेयर सहयोग गरेको छ ।

Khanepani dadeldhura

अपाङ्गता भएका ब्यक्तिहरूलाई सहायक सामाग्री बितरण कार्यक्रममा अपाङ्ग एकता समाजका अध्यक्ष अनिल मल्लको सभापतित्वमा सञ्चालित कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, वडा न. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, वडा न. १२ का बडा अध्यक्ष भिम बहादुर खड्का, वडा सदस्य लगायतको उपस्थितिमा सहायक सामाग्री वितरण गरिएको हो ।

ajaymeru gaupalika

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले गोदावरी नगरपालिका भित्र रहेका सम्पूर्ण अपाङ्गता भएका ब्यक्तिहरूको पहिचान गरी सबैलाई पालिका तथा वडाहरुको समन्वयमा जीवन यापनमा सबैलाई सहयोग गर्ने बताएका छन । केही दिन अगाढी प्रदेशकै एकमात्र अपांगता भएका बालबालिका अध्ययनरत विद्यालय सुप समावेशी विद्यालय हालसम्म सञ्चालन हुदै गर्दा समस्यामा परेकाहरूलाई के कसरी सहयोग गर्ने र पालिकाले कसरी सहजीकरण गर्न सकिन्छ भनी विषेश चासो लिएको बताए ।

udhok dadeldhura

उनले गत वर्ष आफूले पालिका मार्फत ह्विल चियर खरिद गरेर वितरण गर्ने निर्णय गरेको भएपनि नेपालमा नपाईदा किन्न नसकिएकोले आवश्यकता परि पूर्तिका लागि दातृ संघ संस्थालाई सहजीकरण गर्दा त्यस ठाउँमा लुपिक (लिडिङ युनिभर्सिटि प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन) नामक संस्थाले विद्यालयमा रहेका शारिरीक रुपमा अपांगता भएका बालबालिकाहरूका लागि विद्यालयलाई ह्विल चियर सहयोग गरेको थियो । उनले स्थानीय तहमा थुप्रै चुनौतीहरू रहेकाले त्यस्ता चुनौतीहरूसँग लड्नका लागि विभिन्न संघसंस्थाहरुको आवश्यकता रहेको बताए ।

उनले अझै पनि नगरमा अपांगता भएका व्यक्तिहरूको संख्या बढी रहेकाले नगरले त्यस्ता व्यक्तिहरूको सहजता हुने किसिमका कार्यहरूका लागि काम थालिरहेको बताए । कार्यक्रममा बोल्दै वडा न. १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले भने, आफ्नो वडामा रहेका अपाङ्गता एव् जेष्ट नागरिक लाई बिगतका वर्षमा कम्बल बितरण कार्यक्रम संचालन गरेको र आगामी बर्ष यस्तै जीवनलाई सहज दिलाउने सामाग्री बितरण गर्ने बताएका छन ।

त्यसैगरी सामाग्री बितरण कार्यक्रममा बडा न. १ का बडा अध्यक्ष गोपाल दत्त भट्टले भने, कोही जन्म जात अपाङ्ग हुन्छन कोही काल गतिले अपाङ्ग भएका हुन्छन। उहाँहरु नी हामी जस्तै मनुष्य जीवन भएकाले उहाँहरूका समस्यालाई केही हद सम्म सहजीकरण गर्न सहयोग पुगोस् भनेर आफूहरूले यस कार्यका लागि बजेट बिनियोजन गरी सहयोगी संस्थालाई खरिद तथा वितरणमा सहयोग मागेको बताए ।

कार्यक्रमको सभापति गरेका अध्यक्ष मल्लले भने अपाङ्गता भएका ब्यक्तिहरूलाई सहयोग गर्ने भनेकै स्थानीय पालिका, सहयोगी संस्थाले गर्छ, कोही अपाङ्गता भएका मानिसको दैनिक जीवन यापनमा कठिनाइ भै रहेको कारण तपाई हामी सबैको सहयोग बाट जीवन जिउन केही हदका लागि सहजीकरण हुने र आगामी दिनमा पनि स्थानीय सरकारले सहयोग गर्ने प्रति आफू ढुंक रहेको बताएका छन ।

Loading...