कैलाली अदालतमा सम्बन्ध विच्छेद, लागूऔषध र बैङ्किङ कसुरका मुद्दा बढी

gyan kendra dadel

धनगढी- जिल्ला अदालत कैलालीमा सम्बन्ध विच्छेद, लागूऔषध र बैङ्किङ कसुरका मुद्दा दर्ता हुने संख्या बढेको छ । जिल्ला अदालत कैलालीका अनुसार अदालतमा पछिल्लो समय त्यस सम्बन्धी मुद्दा दर्ता हुने संख्या ह्वात्तै बढेको हो । चालु आर्थिक वर्षको चैतको तेस्रो हप्तासम्ममा १ हजार ७ सय १९ नयाँ मुद्दा दर्ता भएका छन् ।

Khanepani dadeldhura

सम्बन्ध विच्छेद, लागूऔषध र बैङ्किङ कसुरका मुद्दा सबै भन्दा बढी छन् । जिल्ला अदालत कैलालीले गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका १ हजार ६ सय १२ मुद्दा सहित यो वर्ष ३ हजार ३ सय ३१ मुद्दा परेको जनाएको छ । जिल्ला अदालत कैलालीका स्रेस्तेदार मान बहादुर विष्टले अदालतमा विवाह पछि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुनुमा घरायसी झगडा, मनमुटाव, सामाजिक सञ्जाल, एक अर्काप्रतिको विश्वासमा कमी, अरु सँगको प्रेम सम्बन्ध रहेको बताए ।

ajaymeru gaupalika

सँगै जिउने मर्ने बाचा कसम खाएर वैवाहिक बन्धनमा बाँधिएका जोडीहरू विवाह भएको केही समयमै सम्बन्ध बिच्छेद गर्न आउने गरेका छन् । कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुष सँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारण रहेको बताए ।

udhok dadeldhura

उनले विदेशमा रहँदा श्रीमतीले धन सम्पत्ति मासेको, परपुरुष सँग लागेको लगायत कारण कारणले सम्बन्ध विच्छेद हुने गरेको छ । अदालतमा लागूऔषध, सम्बन्ध विच्छेद र बैङ्किङ कसुरका मुद्दा भयावह रुपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको साढे आठ महिनामा कुल मुद्दाको ५३ दशमलव ६२ प्रतिशत मुद्दाको फैसला भएको छ ।

अदालतमा परेका मुद्दाहरूको प्रकृति अनुसार तीन समूहमा वर्गीकरण गरेर चार जना जिल्ला न्यायाधीशले गोलाप्रथा मार्फत छनोट भएका मुद्दा हेर्ने गरेका छन् । अदालतमा परेका मुद्दालाई सरल मार्ग प्रकृति, सामान्य र विशेष मार्ग प्रकृति गरी तीन समूहमा वर्गीकरण गरि सुनुवाइ गरिने गरिएको छ । मुद्दाहरूको प्रकृति अनुसार सुनुवाइ सम्पन्न गर्न अधिकतम समय तोकिएको हुन्छ । सरल मार्ग प्रकृतिका मुद्दा किनारा लाग्न ६ महिना, सामान्य मार्ग प्रकृतिका मुद्दाको फैसला हुन बढीमा एक वर्ष र विषेश मार्ग प्रकृतिको मुद्दाको फैसला गर्न सामान्यतया १८ महिना लाग्ने अदालती व्यवस्था छ ।

चालु आर्थिक वर्षको चैत १८ गतेसम्म ३ हजार ३३१ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका १ हजार ६ सय १२ र यो वर्षमा दर्ता भएको र थप १ हजार ७ सय १९ मुद्दा जिल्ला अदालतमा परेका छन् । जिल्ला अदालत कैलालीका स्रेस्तेदार मान बहादुर बिष्टले चालु आर्थिक वर्षको हाल सम्ममा कैलाली अदालतबाट १ हजार ७ सय ८३ मुद्दाको फैसला भएको बताए । कुल विचाराधीन मुद्दाको ५३ दशमलव ५२ फैसला भएको छन् ।

अदालतमा परेका कुल मुद्दा मध्ये १ हजार ५ सय ४८ मुद्दाको फैसला हुन बाँकी रहेको उनले बताए । फैसला हुन बाँकी मुद्दा मध्ये २ सय ७२ थान मुद्दा आगामी असार मसान्तमा दर्ता भएको १८ महिना पूरा हुनेछ । अदालतमा हरेक दिन चार वटा इजलास बस्ने गरेको छ । कैलाली अदालतमा परेका मुद्दाको प्रकृति हेर्दा लागूऔषध, सम्बन्ध विच्छेद र बैङ्किङ कसुर अर्थात् चेक अनादर मुद्दाको संख्या बढ्दो रहेको स्रेस्तेदार बिष्टले बताए ।

Loading...