अत्तरिया- मदिरा व्यवसायी संघ कैलालीले आफ्ना सदस्यहरुलाई इसेवा केयर प्याकेज उपलब्ध गराएको छ । संघ र इसेवा प्रालि बिच भएको सम्झौता अनुसार संघका सदस्यहरुले १ लाख सम्म दुर्घटना बीमा तथा १ लाख २० हजार सम्मको अन्य खर्च सहित वार्षिक २ लाख ३० हजार बढीको आर्थिक सुरक्षा पाउन सक्ने मदिरा व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम धामीले बताएका छन ।


नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरी संघ र इसेवा बिच इसेवा केयर प्याकेज प्रयोग गर्ने समझदारी भएको हो। अध्यक्ष धामीका अनुसार अब मदिरा व्यवसायी संघ कैलालीका सम्पूर्ण सदस्यहरूले सो प्याकेज पाउने छन् ।
यसका साथै पहिलो पटक संघले आफ्नै भित्तेपात्रो समेत विमोचन गरेको छ । कैलालीको गोदावरी नगरपालिका ९ भल्कामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमै भित्तेपात्रो विमोचन गरिएको हो ।

