
डडेल्धुरा- डडेल्धुरामा रूख काटेको मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना इजाजत साल जातका रूख काटे/कटाएको मुद्दामा फरार रहेका पर्शुराम नगरपालिका ११ पातलका ४२ वर्षीय नर बहादुर खडायत पक्राउ परेका हुन् ।





जिल्ला अदालत डडेल्धुराले बिना इजाजत साल जातका रूख काटे/कटाएको मुद्दामा २ महिना कैद सजाय र १० लाख ३६ हजार २६७ जरिवाना ठहर गरेको थियो ।




कैद सजाय र जरिवाना ठहर भई फरार रहेका खडायतलाई हिजो (आईतवार) प्रहरीले पक्राउ गरेको हो । जिल्ला इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।