भन्सार छलीको ६५ लाख बढीमा सामान बरामद 

gyan kendra dadel

अत्तरिया- धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा रहेको एक व्यापारिक गोदामबाट सशस्त्र प्रहरीले तीन दिनको अवधिमा दुई पटक छापा हानेको छ । दुई पटकको छापामा सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रुपमा भित्राइएको करिब ६५ लाख रुपैयाँ बढी मूल्यको व्यापारिक सामान बरामद गरेको छ । 

Khanepani dadeldhura
udhok dadeldhura

सशस्त्र प्रहरी बल ३४ नम्बर गण अन्तर्गतको त्रिनगर विओपीको एक टोलीले गत शुक्रबार सो गोदाममा छापा मारेर ५७ लाख रुपैयाँ मूल्यको सामान बरामद गरेको थियो । भने आइतबार ३४ नम्बर गणको एक टोलीले सोही गोदाममा छापा मारेर ८ लाख रुपैयाँ मूल्यको सामान नियन्त्रणमा लिएको जनाएको छ । सो व्यापारिक गोदाम व्यापारी अंकुश गुप्ताको रहेको जनाएको छ । उनले बालाजी सपिङ सेन्टरका नामबाट व्यापार सञ्चालन गर्दै आएका छन् । उत्तरबेहडीमा पश्चिम धनगढी कार्गो सर्विसको गोदाम भन्सार छलेर भित्राइएको व्यापारिक सामान राख्न प्रयोग हुने गरेको बताइन्छ ।

ajaymeru gaupalika

दुवै पटक बरामद भएको सामान व्यापारी अंकुशको भएको भए पनि कैलाली भन्सार कार्यालयमा सामान बुझाउँदा वेवारिसे बनाइएको खुलेको छ । भन्सार छलेर भित्राइएको सामान बरामद भएमा मुचुल्का गर्दा सामान मालिकको नाम समेत उल्लेख गर्नुपर्नेमा पछि वेवारिसे बनाइएको आरोप लागेको छ । चैत्र २३ गते शुक्रबार धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीमा रहेको पश्चिम धनगढी कार्गो सर्विस संग जोडिएको टिनको छाना भएको गोदाम र कार्गो गोदामबाट गरी २३ बोरा सामान फेला परेको थियो ।

भन्सार छलेर भित्राइएको सामान बरामद भएपछि व्यापारी अंकुशले बरामद भएको सामानको भन्सार महसुल बुझाउने भने पनि कैलाली भन्सार कार्यालयमा सामान बुझाउँदा वेवारिसे भनेर उल्लेख गरिएको पाइएको छ । कैलाली भन्सार कार्यालयले घटनाको अनुसन्धान जारी रहेकोले सबै तथ्य सार्वजनिक गर्न नसकिने बताएको छ । व्यापारी अंकुशले कार्गो गोदामबाट बरामद भएको सामान आफैले राख्न लगाएको स्वीकार समेत गरेका थिए । उनले सो सामानको बिल समेत भएको दाबी गरेका थिए । उनले गौरी निताई ट्रेडर्स एण्ड सप्लायर्सबाट बिल नम्बर ४ र ५ काठमाडौं स्थित श्री कृष्ण सप्लायर्सको नाममा बनाएको खुलेको छ । बिल बनाएको मिति चैत्र २२ र २३ गतेको रहेको छ ।

Loading...