बजार अनुगमनका क्रममा फेला परेका अखाद्य वस्तु नष्ट

कञ्चनपुर, ६ साउन- कञ्चनपुरमा बजार अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तुहरु नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय लगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गरेको बजार अनुगमनका क्रममा ९ वटा पसलबाट भेटिएका अखाद्य बस्तुहरु नष्ट गरिएका हुन।

जिल्लाको भीमदत्त नगरपालिकाको बजार, शुक्लाफाँटा, वेदकोट र कृष्णपुरका मुख्य बजारमा अनुगमन गरिएको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...