अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको उपासना ब्युटी पार्लरले तालिम प्राप्त युवतीहरूलाई सम्मान तथा प्रमाण पत्र वितरण गरेको छ । आइतबार होटल नमस्तेमा एक कार्यक्रमको आयोजना गरी डिप्लोमा ब्युटिसियन तालिम प्राप्त गरेकाहरूलाई सम्मान तथा प्रमाण पत्र वितरण गरेको हो ।

उपासना ब्युटी पार्लर कि संचालिका भावना भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम ब्युटिसियन एसोसिएसन कि अध्यक्ष मिना बोहरा रहेकी थिइन् भने विशिष्ट अतिथि गोदावरी नगरपालिका ब्युटिसियनकी अध्यक्ष दिपिका हमाल रहेकी थिइन ।
प्रमुख अतिथि बोहराले डाक्टरले ट्रिटमेन्ट गरेर ठिक नभएका ग्राहकहरूका समस्या समाधान गर्ने गर्दा खुसी लाग्ने गरेको बताइन । उनले मेकअपका बारेमा जानकारी नभएकाहरूलाई पार्लरले सिकाएको बताइन ।
विशिष्ट अतिथि हमालले पहिलेको समयमा ब्युटी पार्लर छिर्न महिलाहरूलाई लाज लाग्थ्यो अहिले त्यस्तो छैन । अहिले हामीहरू डाक्टर सरह काम गर्छौ । हामीहरू कुरूप महिलाहरूलाई सुन्दर बनाउँछौ । छालालाई पोषण युक्त बनाउँछौ । सीप सिकाएर अत्तरिया क्षेत्र कै उत्कृष्ट ब्युटी पार्लर उपासना ब्युटी पार्लर बन्न सफल भएको बताइन । उनले अहिले सिकेका ब्युटिसियनले राम्रो काम गर्नुका साथै ब्युटिसियन पेशा राम्रो र सम्मानित रहेको बताइन । कार्यक्रममा सभापति भावना भट्टले ७ बर्ष पहिले थोरै लगानीमा सुरु भएको यस ब्युटी पार्लरमा अहिले प्रशिक्षण लगायतका सम्पूर्ण सेवा सुविधा भएको बताइन ।
कार्यक्रममा तालिम प्राप्त गरेका कौसल्या ओली, संगिता मगर, रेखा मगर, गिता भट्ट, कल्पना रोस्यारा, ममता भण्डारी, मेनुका ताम्राकार, मोनिका ऐर, उर्मिला बिक, सृजना बिक, अप्सना बिक, आसा कुमारी बिक, मधु ऐरि, पिडा बोहरा, ममता बोहरा, बिनिता चौधरी र छांया कुमारी सांउद आदिलाई सम्मान गर्दै खादा, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।