गौशालाले दूध र गोबर बेचेर मासिक आम्दानी १ लाख ५० हजार

gyan kendra dadel

गोदावरी– धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।

Khanepani dadeldhura

वि‍.सं २०७५ वैशाख देखि सञ्चालनमा आएको गौशालामा अहिले १ सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो ।

ajaymeru gaupalika
udhok dadeldhura

धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताए ।

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक ६७ हजार ५ सय रुपैयाँ, गोबर बिक्रीबाट मासिक ५० हजार रुपैयाँ र गौदानबाट २५ हजार रुपैयाँ आम्दानी भइरहेको छ । सो आम्दानीबाट ७ कर्मचारीलाई वर्ष भरि रोजगारी दिन सफल भएको उनले बताए ।

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दान स्वरुप रकम उपलब्ध गराएका थिए । चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ । गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख रुपैयाँ, धनगढी उपमहानगरपालिकाबाट १० लाख रुपैयाँ र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट ८ लाख रुपैयाँ बजेट उपलब्ध भएको जनाइएको छ । रासस

Loading...