धनगढीको फिस रिसोर्टमा वाटर साइकल सञ्चालनमा 

धनगढी- धनगढी उपमहानगरपालिका–३ बडहरामा रहेको न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कमा वाटर साइकल सेवा सञ्चालनमा ल्याएको छ । आइतबार देखि रिसोर्टमा वाटर साइक्लिङ सेवा सञ्चालन ल्याएको हो । 

udhok dadeldhura

एक दशकदेखि सञ्चालित रिसोर्ट थप व्यवस्थापन सहित सञ्चालन भएपछि विभिन्न सेवा थपिएका छन । सोही अनुरूप सुदूरपश्चिममै पहिलो वाटर साइक्लिङ सेवा सुरु भएको हो । वाटर साइक्लिङ सेवाको कैलाली पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् ।

रिसोर्टमा बोटिङ, ताल माथि जिपलाइन्, वाटर बल लगायत मनोरञ्जनका लागी थुप्रै सेवाहरू थपिएका छन । बच्चा देखि वृद्ध सम्म लाई एउटै ठाउँमा मनोरञ्जन दिने आयामका रूपमा रिपोर्ट सञ्चालन गरिएको रिसोर्टका व्यवस्थापक राम थापाले बताए । बोटिङको प्रतिव्यक्ति १ सय, जिप लाइनको २ सय र वाटर बलको ३ सय रुपैयाँ शुल्क रहेको उनले जानकारी दिए । सिंगल वाटर साइक्लिङको ३ सय र कपल वाटर साइक्लिङको ५ सय रुपैयाँ शुल्क राखिएको छ ।

वाटर साइक्लिङको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीले वाटर साइक्लिङले धनगढीमा आन्तरिक सँगै बाह्य पर्यटक तान्न महत्वपूर्ण भूमिका खेल्ने बताए । यस सँगै पर्यटकको रोजाइमा पर्ने थप सेवाहरू समेत बिस्तार गर्न उनले सुझाव दिए । सुदूरपश्चिममा अन्य कतै नभएको सेवा न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कले दिइरहेको सञ्चालक करिना अन्सारीले बताइन् ।

Loading...