कैलालीकी शैलेश्वरी डिएसपीमा बढुवा

धनगढी- प्रहरी प्रधान कार्यालयले रिक्त रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) को बढुवा सिफारिस प्रकाशित गरेको छ । हेडक्वार्टरले प्रकाशित गरेको सूचीअनुसार १९ जना इन्स्पेक्टरहरू डिएसपी बढुवाका लागि सिफारिस भएका छन् । १९ नम्बरको शीर्ष वरियतामा निर्मल पनेरु बढुवा हुँदा एक मात्र महिला अधिकृत डिएसपी बढुवा भएकी छिन् ।

हाल बर्दियास्थित इलाका प्रहरी कार्यालय मोतिपुरमा कार्यरत कैलालीकी शैलेश्वरी बढुवा हुने एकमात्र महिला इन्स्पेक्टर हुन् । उनी २०७० चैत ९ गते प्रवेश गरेकी थिइन् । डोटीबाट मास्टर्स पढ्न काठमाडौं पुगेकी शैलेश्वरीले सरकारी जागिर प्रवेश गर्ने चाहना राखिरहेको बेला खुलेको इन्स्पेक्टरका विभिन्न चरणहरू पार गर्दै प्रहरी संगठन भित्र प्रवेश गरेकी हुन् ।

Loading...