अनेरा स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको दोश्रो नगर सम्मेलन सम्पन्न 

अत्तरिया- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको दोश्रो नगर सम्मेलन  सम्पन्न गरिएको छ । शनिबार कैलालीको अत्तरियामा रहेको प्रतिभा पुस्तकालयमा सम्पन्न गरिएको हो ।

विद्यार्थीका गोनपा निवर्तमान अध्यक्ष दिपेन्द्र बि.क. को अध्यक्षतामा भएको सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विद्यार्थी केन्द्रीय उपसचिव उमेश कणेल रहेका थिए । विशिष्ट अतिथिहरूमा अनेरा स्ववियु क्रान्तिकारीका प्रदेश महासचिव डम्बर भट्टराई, प्रदेश उपाध्यक्ष बिर बहादुर थापा, पार्टीका प्रदेश सल्लाहकार सदस्य दिनेश शाह र पार्टीका नगर अध्यक्ष मदन कठायत रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी नेता खगेन्द्र भट्टले गरेको कार्यक्रमको संचालन विद्यार्थी नेतृ उषा साउदले गरेकी थिइन् ।

नगर सम्मेलन मार्फत २७ सदस्य भएको नगर समितिको गठन समेत गरिएको छ । उक्त कमिटीको अध्यक्ष खगेन्द्र भट्ट र उपाध्यक्षहरूमा श्याम बि.क., पारस बोकटी, अशोक बि.क., गणेश बि.क., हिमाल बि.क., निरज जोशी रहेका छन् भने कोषाध्यक्ष उषा साउद, सचिव शंकर बिष्ट, सहसचिवहरूमा अरुण बि.क. र रुबिना साउद गरि अन्य बाँकी  सदस्यहरू रहेका छन् ।

Loading...