क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अत्तरियामा ३५ औँ ऐतिहासिक जनआन्दोलन दिवस मनायो

अत्तरिया- क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नं. प्रदेश संगठन समितिले ३५ औँ ऐतिहासिक जनआन्दोलन दिवसलाई भव्य रूपमा सम्पन्न गरेको छ । समितिले शनिबार कैलालीको अत्तरियामा जनसभाको आयोजना गरि भव्य रुपमा मनाएको हो ।  कार्यक्रम संचालन गर्नु पूर्व र्‍याली निकाली बजार परिक्रमा गरिएको थियो । र्‍यालीमा करिब ५ सय जनाको सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रमको अध्यक्षता सेती महाकाली संयोजक राम बहादुर चौधरी महान रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेपालका सेती महाकाली इन्चार्ज गुणराज लोहनी क. प्रबिण रहेका थिए ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोहनीले २०४६ साल चैत २४ गतेको सम्झना गर्दै उनले आज कै दिन संयुक्त जन आन्दोलनबाट तत्कालीन पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । ‘त्यसैले आजको दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाउने गरिन्छ ।’ उनले भने, ‘हामिहरुले वर्तमान ब्यवस्था ढाल्न हतियार उठाउनु पर्ने देखिन्छ । जनताहरू सहकारी, बैङ्क, समुह, लघुवित्त आदिको मिटर ब्याजबाट पीडित भएको हुँदा सम्पूर्णका ऋण मिनाहा हुनु पर्छ । हामीहरू मिटर ब्याजीहरु लाई कार्बाही गर्दै जाने छौ ।’ युवाहरूले देशमा रहे क्रान्ति गर्ने डरले प्रचण्डले युवाहरूलाई विदेशमा पठाउने नीति निर्माण गरेको छ । राष्ट्रियता संकटमा छ । क्रान्ति भूमिहीन, गरिब, पीडित, सासित लाई चाहिन्छ । भोटबाट परिवर्तन सम्भव छैन । हामिहरुले दलाल पुँजीपति संसदीय व्यवस्थाका मतियारहरूलाई लखेट्नु पर्ने लोहनीले बताए ।

कार्यक्रममा अधिकांश वक्ताहरूले जन्मदै गर्दा एक नेपालीको टाउकोमा ८२ हजार ऋण आउने गरेको कुरा बताएका थिए । सरकारले लागूऔषध सेवन समस्या नियन्त्रण गर्न नसकेको दलाल पुँजीवादी संसदीय व्यवस्थाले कर बढाएको मिटर ब्याजीहरुलाइ संरक्षण गरेकोले यसका विरुद्ध लाग्नु पर्ने बताएका छन् । नेपालमा कृषि योग्य जमिनहरु बाझै रहेको, भारतीय कृषि उपजहरू नेपाल भित्रिएका नेपाली उपजहरू खेर गइरहेका समस्याहरू रहेका बताएका हुन । हामिहरुले किसान अधिकारको लागी जुझारु भएर आन्दोलनमा लाग्नुपर्ने महिला अधिकारको लागी होस वा दलित अधिकारको लागी होस संघर्ष गर्नुको विकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा शुक्लाफाँटा आरक्षणका पीडितहरूले प्रमुख अतिथि गुणराज लोहनीलाई ज्ञापन पत्र बुझाएका थिए । २०५४ सालको संकट काल देखि नै आरक्षण पीडितहरूलाई आफ्नो जग्गामा ट्याक्टर लाउन न पाउने आदि समस्याहरू छन । आरक्षण पीडितहरूले प्रचण्ड लाई ज्ञापन पत्र बुझाइ सकेका छन् । बाढीपीडित शिविर भजनी कैलालीले पनि २०७२ देखि ब्यवस्था नभएको उचित बासस्थानको लागी क. प्रविण लाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रममा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट कार्यकर्ताहरूले पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रम स्वागत मन्तव्य पार्टीका प्रदेश कार्यालय सचिव तपेन्द्र तिमिल्सिना संघर्षले गरेको कार्यक्रमको संचालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज राम बहादुर केसी डायमण्डले गरेका थिए ।

Loading...