अत्तरियामा रहेको सत्यवती एकेडेमीमा ग्रेजुएसन सेरेमनी

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले ग्रेजुएसन सेरेमनी गरेको छ । सत्यवतीले अत्तरियामै पहिलोपटक ग्रेजुएसन सेरेमनीको सुरुवात गरेको हो ।

ग्रेजुएसन सेरेमनीको अवसरमा आज (शनीबार) कक्षा नर्सरी देखी १ सम्मका विद्यार्थीलाई वार्षिक नतिजा प्रदान गरिएको छ । अभिभावकको उपस्थितिमा गरिएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक विर बहादुर कडायतले हरेक डिग्री महत्वपूर्ण हुन्छ भन्ने उद्देश्यले हरेक कक्षाका बालबालिकालाई ग्रेजुएसन सेरेमनीमा सरिक गराइएको बताए ।

उनले विद्यार्थीको भविष्य निर्माणका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने भन्दै सो अभियानमा साथ दिन अभिभावकलाई पनि आग्रह गरे । यो वर्ष देखी कक्षा ३ सम्मका विद्यार्थीको कक्षामा एसीको व्यवस्था गरिने उनले बताए । १ कक्षा सम्म स्मार्ट टिभीको व्यवस्था रहेको भए पनि अब ३ कक्षा सम्म स्मार्ट टिभीको व्यवस्था गरिने उनले बताए ।

त्यस्तै प्रशासनिक भवनको व्यवस्था गेट बाहिरै गर्ने र विशेष कार्यक्रमहरू बाहेकको समयमा अभिभावकहरूलाई एकेडेमीक ब्लगमा प्रवेश गर्न नदिइने बताईएको छ । निजी क्षेत्रका विद्यालयमा उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउँदै आएको सत्यवती एकेडेमीमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

Loading...