परशुराम धाम क्षेत्रमा छहरा सहितको स्ट्रीप लाइट जडान 

प्रकाश बहादुर बोहरा/अत्तरिया- सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला कै एक मात्र परशुराम धाम पवित्र तीर्थस्थल धार्मिक सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । सुन्दर वातावरणीय पर्यटन प्रवर्द्धन केन्द्र परशुराम धाममा छहरा सहितको स्ट्रीप लाइट जडानले झिलिमिली हुँदा यस क्षेत्रको सुन्दरता अझै बढेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि यस परशुराम धाम क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा राखिएको छ । यस क्षेत्रका पवित्र तीर्थस्थल देवघाट गंगा स्नान क्षेत्र पर्यटकीय स्थल घुमी रमाइलो सुन्दरता छहरा  एवम् मनोकामना सिद्ध गर्न पनि यस क्षेत्रमा एक पटक भए पनि सबैले अवश्य यस क्षेत्रमा घुम्न पुग्नु पर्ने हुन्छ । परशुराम धाम पवित्र तीर्थस्थल धार्मिक सांस्कृतिक पर्यटकीय स्थलको विकास निर्माण कार्यमा योजना पक्षमा निरन्तरता दिन विशेष जोड दिनु हुने परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीलाई स्थानीयहरुले विशेष धन्यवाद ज्ञापन समेत गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पर्यटकीय स्थल परशुराम कुण्ड धाम को विकास तथा विस्तारका संरक्षण तथा सम्वर्द्धन निम्ति सम्पूर्ण परशुराम नगर बासिन्दा जनसमुदायहरू ले मन वचन र कर्मले परशुराम धामलाई  देश  तथा विदेशमा रहनु भएका सम्पूणर् नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यो हाम्रो भित्रिमेधश क्षेत्र परशुराम धाम प्रचार प्रसार गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै पहिचान गर्नमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

यो भिडियोमा हेर्नुहोस्

Loading...