Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा ९ वटा खच्चर सहित एक जना पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा ९ वटा खच्चर सहित एक जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदाली बाट अबैध रुपमा नेपालबाट भारत तर्फ लैजाने क्रममा अन्दाजी ५ लाख ४० हजार मूल्यका ९ वटा खच्चर सहित कालिकोटका एक जना पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीका अनुसार कालिकोट सान्नि त्रिवेणी गाउँपालिका–६ बस्ने २० वर्षीय भक्त बिसीलाई शुक्रवार दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गेबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । उक्त खच्चर सहित उनलाई आवश्यक कारवाहीको लागि प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...