Satyawati
Division ban Pahalmanpur

कृष्णपुरमा नयाँ वर्षको उपलक्ष्यमा म्याराथन दौड

Purbadhar dadeldhura

अत्तरिया- कञ्चनपुरकाे कृष्णपुरमा नयाँ वर्षको उपलक्ष्यमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ५ मा रहेको ब्राइट नेपाल युवा क्लबले नयाँ वर्षको अवसरमा सामाजिक विकृति एवम् लागू औषध दुर्व्यसन सम्बन्धी ‘अब कृष्णपुर नगरपालिका दौडिन्छ निरन्तर’ भन्ने मूल नाराका साथ वैशाख १ गतेका दिन उक्त म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

Malpot office dadeldhura

म्याराथन दौड ७ की.मी र ३ किलोलिटर दुरीको हुने भएको साथै प्रतियोगिताको ७ किलोमिटरको दूरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद सहित पुरस्कृत गरिने व्यवस्था गरेको छ ।

किमी म्याराथन कृष्णपुरको वाणी चोक देखि सुरु भई गुलरिया चोकमा समापन हुने र ३ किमी म्याराथन गुलरिया बाट सुरु भई २ नं चौराहा हुँदै आउन गुलरिया चोकमा समापन हुने भएको छ । म्याराथनमा कृष्णपुर नगर भित्र रहेका जुनसुकै उमेरका व्यक्तिहरूले भाग लिन पाउने आयोजकले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...