वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया कैलालीको २३ औं स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ वाहिनीको “२३ औं स्थापना दिवस” सम्पन्न
धनगढी- सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया कैलालीको “२३ औं स्थापना दिवस” सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल मानव श्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम ज्यूको प्रमुख आतिथ्यतामा बिहीबार भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली सेनाका पृतनापति, मन्त्रालयका सचिव, स्थानीय तहका प्रमुख, कैलाली तथा कञ्चनपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी, अमर सप्रक, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, भद्रभलाद्मी तथा बुद्धिजीविहरूको उपस्थिति रहेको थियो ।

Navadurga sun

स्थापना दिवसको अवसरमा वृक्षारोपण, रक्तदान, धार्मिक स्थलहरूको सरसफाइ, आन्तरिक रुपमा विभिन्न खेलकुद र हाजिरी जवाफ प्रतियोगिता, नेपाली सेना र नेपाली प्रहरीका अधिकृत सम्मिलित मैत्रीपूर्ण फुटबल प्रतियोगिता, शारीरिक सहिष्णुता प्रतियोगिता परीक्षा तथा अधिकृत स्तरको डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त अवसरमा समाजसेवी तथा बुद्धिजीवीहरूलाई कदर पत्र सहित स-सम्मान गरी वाहिनीबाट भएको निरीक्षण तथा अनुगमनको क्रममा उत्कृष्ट हुने नं ३४ गण हेडक्वाटर कैलाली, गुल्म हेडक्वाटर, डडेल्धुरा, सुरक्षा वेश मजगाँव तथा वि.ओ.पि. जुगेडालाई प्रशंशा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्थापना दिवसको अवसर पारेर वाहिनी मुख्यालयमा आन्तरिक रुपमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै बाहिनीको काम कारवाहीमा वर्षभरी उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

ADD Khali jpg
Loading...