Satyawati
Division ban Pahalmanpur

कैलाली र दार्चुलाका बिभिन्न मुद्दामा फरार ५ जना प्रतिवादी पक्राउ

Purbadhar dadeldhura

कैलाली- कैलाली र दार्चुलाका बिभिन्न मुद्दामा फरार रहेका ५ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Malpot office dadeldhura

वन्यजन्तुको अवैध सिकार, चेक अनादर, छुवाछुत मुद्दा र चोरी मुद्दाका फरार प्रतिवादीहरु लाई बिहीवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी इकाइहरू बाट प्रहरी टोली खटिएको थियो ।

पक्राउ पर्नेमा वन्यजन्तुको अवैध सिकार मुद्दामा १० हजार जरिवाना ठहर भएका धनगढी वडा नम्बर १५ का जितबहादुर राना, चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका–१ का खडके देउवा, सोही मुद्दामा १ महिना कैद सजाय र ३ हजार जरिवाना ठहर भएका दार्चुलाको शैल्यशिखर नगरपालिका-९ बस्ने दिनेशराज बिष्ट रहेका छन् ।

यस्तै छुवाछुत मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी वडा नम्बर ३ का ओम प्रकाश पाण्डेय र चोरी मुद्दामा १ हजार ९ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–७ बस्ने ज्ञानु चौधरी रहेका छन् ।  उनीहरु पाँचै जना फरार प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...