उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित

Purbadhar dadeldhura

काठमाडौँ- निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगको चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको हो ।

Malpot office dadeldhura

सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पछिल्लो निर्वाचनमा बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ११० र इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ मतदाता रहेका थिए । आसन्न उपनिर्वाचनका लागि बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् ।

इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१–०१–१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ गरी कूल १ करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ ।

यस विवरण अनुसार सबै भन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३ लाख ६२ हजार ९७३, पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० र सबै भन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता ३ हजार ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् 

add haru
Dadeldhura Aspatal & Ban
Loading...