गायक राजेश पायल राई छुटे

Purbadhar dadeldhura

काठमाडौं – गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो ।

Malpot office dadeldhura

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले राई सहित ८ जनालाई छाडिएको बताए । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।

बानेश्वर वृत्तले पक्राउ गरेका राई सहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको डीएसपी बुढाथोकीले बताए । पक्राउ परेका आठै जनालाई सम्झाइ बुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...