कैलालीमा उखु बोकेको ट्रकमा आगलागी

धनगढी- कैलालीमा उखु बोकेको ट्रकमा आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा उखु बोकेको ट्रकमा बुधवार आगो लागेको हो ।

कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले बताएको छ । विद्युतको तारमा ट्रकले छोएकाले आगो लागेको हो ।  स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । ट्रकमा रहेको उखुमा क्षति भएको छ । ट्रकमा क्षति नभएको प्रहरीले बताएको छ।

Loading...