निसर्ग अस्पतालमा राइजिङ स्टार स्कुलका विद्यार्थी र अभिभावकलाई विषेश छुट 

धनगढी- धनगढी स्थित राइजिङ स्टार बोर्डिङ स्कुलका विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरूले निसर्ग अस्पतालमा उपचार गराउँदा विषेश छुट पाउने भएका छन् । धनगढी उपमहानगरपालिका ६ ढुगें बजारमा रहेको स्कुलले आफ्ना विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन निसर्ग अस्पताल सित सम्झौता गरेको हो ।

स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाही र निसर्ग अस्पतालका कार्यकारी अध्यक्ष तीर्थ पन्तबीच स्कुलका विद्यार्थी, अभिभावक एवं शिक्षक कर्मचारीको स्वास्थ्य उपचारमा छुट दिनेगरी सम्झौता भएको हो । उनीहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार अब स्कुलमा अध्ययनरत विद्यार्थी तथा उनिहरुका अभिभावक र कार्यरत शिक्षक कर्मचारीहरूले निसर्ग अस्पतालमा उपचार गराए वाफत विषेश छुट पाउने छन् । आफ्ना विद्यार्थी र अभिभावकहरूलाई सामान्य भएपनि उपचारमा सहज होस भन्ने उद्देश्यले निसर्ग अस्पताल संग छुटका लागी सम्झौता गरेको उनले बताए । यस विद्यालयमा अध्ययन गरिरहेको प्रमाणका आधारमा अस्पतालले छुट दिने उनले बताए ।

अस्पतालका अध्यक्ष तीर्थ पन्तले उपचारमा सहजिकरणका लागी यस्तै बिभिन्न संग संस्थाहरूको आग्रहमा छुटका लागी सम्झौता गरिएको बताए । निसर्ग अस्पताल सधैँ सेवामुखी भएर काम गरिरहेको बताउँदै पन्तले पैसा अभावकै कारण उपचार सेवाबाट कुनै नागरिक बञ्चित नहोऊन भन्ने उद्देश्य सहित निसर्ग सधैँ सेवारत रहेको दावी गरे ।

Loading...