कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा

धनगढी- कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहा नजिकबाट, धनगढी-९ त्रिवेणीघाट, टीकापुर नगरपालिका-७ स्थित खैरिपुर बजार नजिक सडक खण्डबाट र भजनी नगरपालिका-३ ठेकी पुलबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका प्याज, चिनी, मिठाई, मसला, इलायची, प्लास्टीक कुर्सी, किसमिस गरि ३४ हजार ६ सय ३५ मूल्यका सामान सोमवार प्रहरी गस्ती टोलीले बरामद गरि नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट, भीमदत्त-१७ मझगाउ र दोधारा चाँदनीनगरपालिका-८ सुन्दरनगरबाट ६२ हजार ७५० मूल्यका भन्सार छलीका सामान बरामद गरिएको छ ।

Navadurga sun
Godawari sandesh

अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याइएका चिनी, सिलिङ पंखा, रातो रङ, तरकारी, कागती, खुर्सानी लगायतका ति सामान सोमवार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो । भन्सार छली गरि ल्याइएका उक्त अवैध सामान प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...