कैलालीबाट फरार २ प्रतिवादी पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीमा सरकारी छाप कृते दस्तखत र सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको हो ।

Malpot office dadeldhura

पक्राउ पर्नेमा सरकारी छाप कृते दस्तखत मुद्दामा ११ महिना ५ दिन कैद सजाय र ५० रुपैयाँ जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका २ का लायकराम कुस्मी र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने सुर्य शाह रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमवार मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई कारागार चलान गरिएको जनाइएको छ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...