आज ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै, अत्तरियामा सहकारी दिवस मनाइयो

अत्तरिया- आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । हरेक वर्ष चैत्र २० गते मनाउने सहकारी दिवस आज मनाउन लागिएको हो । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज सहकारी दिवस मनाउन लागिएको हो ।

सो दिवसको अवसरमा कैलालीको अत्तरियामा ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मूल नारा सहित ६७ औ राष्ट्रिय सहकारी दिवस सम्पन्न गरिएको हो ।

सहकारी दिवस सीएमसि गोदावरीको आयोजना तथा गोदावरी नगरपालिकाको समन्वयमा संचालन गरिएको थियो । बाजा गाजा र झाँकी सहित बजार परिक्रमा गरेका थिए । सहकारी को सेवा सदस्य लाइ टेवा, ६९ औ सहकारी दिवस सफल पारौँ, जात धर्म आफ्नै छ ठाउँ मा हामी जुटौँ सहकारी को नाउमा, सहकारी मा सुशासन प्रविधि र एकीकरण भन्ने नाराका प्ले कार्डहरू प्रदर्शन गरिएका थिए ।

औपचारिक कार्यक्रम सी.एम.सी. गोदावरी अध्यक्ष शेर बहादुर बोगटीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहनु भएको थियो भने कार्यक्रम करिब १ सय ३० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले हाल सहकारी प्रति नकारात्मक धारणा भएको छ, केही भ्रष्ट कर्मचारी तथा संस्थाका कारण यो स्थिति आएको हो, खराब सहकारीहरुका कारण राम्रा सहकारीहरु माझ समेत चुनौती सिर्जना भएको छ, यस्ता समस्या समाधान गर्नमा गोदावरी नगरपालिकाको सदैव साथ सहयोग रहने बताए । निम्न वर्गीय जनताको स्थिति सुधार गर्नका निम्ति सहकारीले सँधै राम्रो भूमिका निर्वाह गरेको छ र अव पनि सहकारीले नाफा कमाउन तर्फ नलागी जनतामुखी हुनुपर्ने बताए । कुनै पनि संस्थाको सदस्यता लिनुभन्दा अगाडि जनताले पनि सोच बिचार गरेर लिनुपर्ने, खराब सहकारी प्रति सबैले सचेत हुनुपर्ने, र असल सहकारीहरुले सहकारी प्रति सदस्यहरूको विश्वास जगाउन तर्फ लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको संचालन सृजनशील महिला बहुउद्देश्यीय सहकारी कि प्रमुख गौरी चौधरीले गरे कि थिइन । उनले यस क्षेत्रका सहकारीहरु यस कार्यक्रममा उपस्थिति रहेको बताइन् । ६९ औ सहकारी दिवस शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।

Loading...