जन्म दिनको उपलक्ष्यमा अत्तरियाको सेभ हाउसलाई सहयोग

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । युके निवासी समाजसेवी लता गुरुङका छोरा बिकल गुरुङको जन्म दिनको उपलक्ष्यमा समाजसेवी लक्ष्मी बोगटी कुँवरद्वारा आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।

Malpot office dadeldhura

महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले सहयोग गर्ने सहयोगीहरु लाई धन्यवाद व्यक्त गरिन् । सेभ हाउसमा रहेका ३५ जना अनाथ, असहाय बालबालिकाहरू लाई पालन पोषण गर्न र आवश्यक सामाग्रीहरू उपलब्ध गर्न अति नै कठिनाइ भइ रहेको बताएकी हुन् ।  

धेरै ठाउँमा दिन दुःखीलाई सहयोग गर्दै आउनु भएकी लता गुरुङको जेठो छोरा विकल गुरुङको जन्म दिन पारेर १ छाक भोजन सेवा र आवश्यक सामाग्री सहयोग गरेको सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले बताए । आगामी दिनमा पनि यस्तै सहयोग गरि रहने उनको भनाई छ । नगरपालिका तथा वडा बाट केही सहयोग आएपनि त्यतिले मात्र वर्ष भरि नपुग्ने भएकाले सबैले सहयोग गरि दिनु पर्ने सेभ हाउसको माग छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...