सुदूरपश्चिमको चौथो मुख्यमन्त्री नेकपा एसका दीर्घ सोडारी बन्ने सम्भावना

Purbadhar dadeldhura

धनगढी- नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता दीर्घ बहादुर सोडारी सुदूरपश्चिमको चौथो मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । सत्ता साझेदार मुख्य दल एमाले, माओवादी र समाजवादीका शिर्ष नेताहरु बीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको हो ।

Malpot office dadeldhura

नयाँ सहमति अनुसार बागमतीमा समाजवादीले माओवादी मुख्यमन्त्री लाई विश्वासको मत दिने र सुदूरपश्चिममा अब बन्ने सरकारको नेतृत्व एकीकृत समाजवादी लाई दिने सहमति भएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच सो सहमति भएको हो ।

कैलाली क्षेत्र नम्बर ४ को (क) प्रदेश बाट निर्वाचित सोडारी २०७४ को प्रदेश सभामा पनि विजयी भएका थिए । उनी अघिल्लो कार्यकालमा समेत मुख्यमन्त्रीका दाबेदार थिए । सुदूरपश्चिममा सरकार बन्न २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ अहिले एमाले, माओवादी र समाजवादी संग २४ मत रहेको छ । एमाले, माओवादी र समाजवादीको सरकार बनाउन नागरिक उन्मुक्ती पार्टीको सहयोग आवश्यक पर्छ । उन्मुक्तीमा कांग्रेसकै सरकारलाई समर्थन गर्ने कि एमाले, माओवादी र समाजवादीको पक्षमा लाग्ने भन्नेमा विवाद छ ।

उता बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । यस सँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिक राम जम्कट्टेल लाई सोमबार एकीकृत समाजवादीले विश्वासको मत दिएको छ । जम्कट्टेल पछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...