अपि सैपाल थकाली खाना घर एण्ड क्याफेको भाग्यशाली उपहार चौधरीलाई

धनगढी- धनगढीमा रहेको अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले दिने भाग्यशाली उपहार कपिलदेव चौधरीले जितेका छन् । थकाली खाना घरले यही चैत ९ गते देखि १६ गते सम्म होलीको अवसरमा विशेष छुट सहित खुला गरेको भाग्यशाली साइकल उपहार चौधरीले जितेका हुन् ।

आइतबार अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवसरमा ल्याएको १०० रुपैयाँको खानाको चिठ्ठा खोलेको हो । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले चिठ्ठा तानेका थिए । होलीको अवसरमा थकाली खाना घरले चाइनिज, इन्डियन पेय पदार्थमा पाँच प्रतिशत छुट दिइएको थकाली खाना घर एण्ड क्याफेका सञ्चालक राम बहादुर बोहराले बताए । अन्य खानाहरूमा १० प्रतिशत सम्म छुट दिइएको उनले बताए ।

होलीको अवसर पारेर ९ चैत देखि १६ चैत सम्मका लागि विशेष अफर तथा छुट योजना ल्याएको थियो । होलीको अवसरमा ४५८ जनाले १०० रुपैयाँको खाना खाएका थिए । खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिँडो पनि उपलब्ध रहेको छ । खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइन्छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहीको १७० रुपैयाँ छ । होटलमा बझाङको अर्गानिक मकै र कोदो अनि भाङको चटनी र मोही नास्ताको रूपमा उपलब्ध छ । केही महिना अघि मात्रै धनगढीमा थकाली खाना घर सञ्चालनमा आएको हो ।

Loading...