कारागारबाट छुटेकै दिन चोरी गरेपछि…

डडेल्धुरा- बैतडी घर भइ डडेल्धुरामा चोरी गर्ने गोरख बहादुर चन्द पक्राउ परेका छन् । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ९ रोकटाका २२ वर्षीय चन्द पक्राउ परेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार चन्दले डडेल्धुराको भागेश्वर गाँउपालिका–३ तल्लो चौराहा लामिकाण्डेका ३९ वर्षीय हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेका थिए । प्रहरी निरीक्षक तथा सूचना अधिकारी करवीर सिंह ऐरका अनुसार, चन्दले पसलको मूलढोकामा लगाएको कुण्डी र ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामान सहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए ।

Navadurga sun
Godawari sandesh

तर, प्रहरीले उनलाई चैत १६ गते पक्राउ गरेको हो । डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ । चन्द चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए। उनले छुटेकै दिन चोरी गरेका हुन् ।

Couple
Loading...