अत्तरिया– अत्तरिया बसपार्क, लामितालको पर्यटन विकास, ६१ घरपरिवारको संरक्षण हाम्रो सरोकार भन्ने मूल नाराका साथ शनिबार गोदावरी नगरपालिकाले पत्रकार सम्मेलन तथा छलफल गोष्ठि सम्पन्न गरेको छ ।
सम्मेलनमा बाेल्नुहुँदै नगर प्रमुख बिरेन्द्र भट्टले नेपाली सेनाले अत्तरिया क्षेत्रमा रहेका ६१ घरधुरी सहित बसपार्क निर्माणका लागि अगाढी बढ्दा सधै अबरोध श्रृजना भएकोले काम गर्नका लागि आफु केन्द्र सम्म धाउदा पनि निचोडमा नआएको बताए । सेनाले नगरबासीलाई बन्दुकको बलमा तर्साउन खोजेको आरोप लगाएका थिए । उनले नेपाली सेना कानुन भन्दा ठूलो होइन भन्ने बिचार समेत राखेका थिए ।
नगर प्रमुख भट्टले अत्तरिया चोकलाई प्रहरी सेनाले भोगचलनमा लिदा यस क्षेत्रको विकासमा समस्या भएको बताए । ‘तपाई हाम्रो लागि एउटा विडम्बनाको कुरा अत्तरिया चोकमा प्रहरी र आर्मीले भोगचलनमा लिएका छन् । सुदूरपश्चिमको ट्रन्जिट पोइन्टका रुपमा हामीले अत्तरिया चोकलाई लिने गरेका छौ’ उनले भने ‘यो क्षेत्र प्रहरी सेनाले लिदा त्यसलाई विकास गर्नको लागि समस्या भइरहेको समेत उनले बताएका थिए ।’
कार्यक्रममा बोल्दै प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले २०६१ सालमा तत्कालीन शाही सरकारको पालामा भएको निणर्यहरु संबिधान सभा को पहिलो बैठकले नै खारेज गरिसकेकोले अहिले आएर सेनाले यो जग्गा हाम्रो हो भन्नू गैरकानुनी हुने बताए । उनले सेना प्रहरी कै कारण यस क्षेत्रका जनप्रतिनिधिले सोचे जस्तो बिकास निर्माण को कार्य गर्न नसकेको दुखेसो पोखे ।
त्यस्तै एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट ले बसपार्क र यहाँका ६१ घर परिवार हटाएर सेनाले आफ्नो संरचना बनाउने कार्यका विरुद्ध सबै एक हुनुपर्ने बताए । बसपार्क निर्माण को मुख्य अगुवाई गरेका भट्ट ले बिकास निर्माणका कार्यमा आफु जहिले पनि अग्रसर भएर अघि बढेको बताउँदै अहिलेका जनप्रतिनिधि संग पनि हातेमालो गरेर अघि बढने उद्घोष समेत गरेका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका नेता मेघराज भट्ट ले सेना प्रहरीले यहाँ को बजारीकरणमा अबरोध गर्न नहुने बताए । उनले भने- ‘सेना प्रहरी मात्रै बजारमा बस्ने हो भने बजार किन चाहियो ? कि त बजार को विकल्प दिनु पर्यो होइन भने १० बर्ष अघि को निणर्य अहिले आएर कार्यान्वयन गर्छौ भन्न पाइदैन ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति वसन्त रोकायाले पनि सेनाको कदम विरुद्ध जनता सडकमा आउनुपर्ने स्थिति बन्न नदिन सरकार सचेत बन्नु पर्ने बताए । उनले बसपार्क निर्माणमा धेरै लगानी भैसकेकाले यसमा सेना अबरोध बन्न नहुने बताए ।
कार्यक्रम बोल्ने अधिकांश बक्ताहरुले सेनाका कदम विरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिएका थिए । कार्यक्रममा ६१ परिवारको तर्फबाट पनि घरधनीहरु ले आ-आफ्नो धारणा राखेका थिए । उनिहरुले सेनाको नेतृत्व अनुसार फरक फरक निणर्य आउने गरेको गुनासो गरेका छन् ।
कार्यक्रममा अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशी, काँग्रेसका नगर सभापति वीर बहादुर चोखाल, युबा नेता हरि भट्टराई , वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्ट , वडा नम्बर ३ का अध्यक्ष तेजराज अबस्थि , स्थानीय रुपेश बिक लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
नेपाली सेनाले शाहीकालको निणर्य अनुसार अत्तरिया बसपार्क, लामिताल र ६१ घरधुरी सहित को जग्गा आफ्नो भोकाधिकारमा परेको भन्दै आएको छ । उसले बेला बेलामा आफ्ना प्रतिनिधिहरु पठाएर बसपार्क हटाउन सांकेतिक दबाब दिन थालेको स्थानीय को आरोप छ ।