गोदावरी इसाई समितिलाई नगरपालिका द्वारा १० लाख बराबरको कुर्सी हस्तान्तरण

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा रहेको गोदावरी इसाई समितिलाई गोदावरी नगरपालिका द्वारा १० लाख बराबरको कुर्सी हस्तान्तरण गरेको छ । पालिका भित्र रहेका ३७ वटा चर्चहरु लाई भक्तिप्रमेश्वरको प्रार्थनाका लागि आवश्यक माग अनुरूप गोदावरी नगरपालिकाले पहिलो पटक इसाई समितिलाई सहयोग गरेको हो ।

Malpot office dadeldhura

गोदावरी नगरपालिकाको १० लाख रकमबाट १७२७ थान कुर्सी किनी ३७ ओटा चर्चलाई एक कार्यक्रमका बिच वितरण गरेको हो । पालिका भित्र बिभिन्न जातजाति धर्म संस्कृत भएका जनताहरूको बसोबास रहेको र सबैका आ-आफ्ना आवश्यकता रहेका छन पालिकाको सीमित स्रोत साधनबाट सबैलाई पुर्याउँदै आएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

कुर्सी बितरण कार्यक्रमको समापनमा इसाई धर्मावलम्बीको समूहद्वारा नगर प्रमुख भट्टको को सम्पूर्ण कामकाज जनता मुखी हुँदै गरून्, सबै जनताको सेवामा खटि रहनु, सोचेको र आटेको काममा कुनै समस्या न आवाससँधै प्रगतिको कामना गर्दै परमेश्वर सँग प्रार्थना गरेका थिए ।

कुर्सी बितरण कार्यक्रममा गोदावरी नगरपालिकाको कार्यपालिका सदस्य धन बहादुर विक, स्थानीय सँगै इसाई धर्मावलम्बी एव पास्टरहरूको उपस्थिति रहेको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...