सुदूरपश्चिममै पहिलो पटक धनगढीमा विद्युतीय खेलकुद प्रतियोगिता हुने

धनगढी- सुदूरपश्चिममै पहिलो पटक विद्युतीय खेलकुद प्रतियोगिता (Electronic Game Competition) हुने भएको छ । धनगढी ट्रेनिङ सेन्टरको आयोजनामा पहिलो पटक प्रदेशमा विद्युतीय खेलकुद प्रतियोगिता (Electronic Game Competition) हुन लागेको जनाइएको हो ।

सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूका लागी समयको विकास सँगै टेक्नोलोजी क्षेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटर युगमा विद्यार्थीहरूलाई कम्प्युटर ज्ञान सम्बन्धी मनोबल उच्च बनाउनका लागि सो प्रतियोगिता आयोजना गरिने भएको हो ।

Navadurga sun

विद्युतीय खेलकुद प्रतियोगिता (Electronic Game Competition) मा लुडो ,चेस र कार रेस गरि ३ वटा खेल खेलाइने छ । हाल एसइइ परीक्षा दिइरहेका विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागी हुन पाउने छन । एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने छ । प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने र खेल सहभागी मध्ये उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्स पढाइने भएको हो।

यस खेलमा सहभागी हुन विद्यार्थी आफै संस्थाको कार्यालयमा उपस्थित भइ वा संस्थाको फेसबुक पेज धनगढी ट्रेनिङ सेन्टरमा राखिएको Electronic Game Competition लिंकमा जोडिएर या सिधै त्यहाँ पेजमा राखिएको स्क्यानलाई स्क्यान गरेर निशुल्क रुपमा आवेदन फाराम भर्न सक्ने छन । यहीँ चैत ३० गते सम्म आवेदन फाराम भर्न मिल्ने छ । एसइइ परीक्षा सकिए पश्चात समयको सदुपयोग तथा नयाँ ज्ञान हासिल गर्नमा यस प्रतियोगिताले विद्यार्थीहरूलाई विशेष सहयोग गर्छ भन्ने आयोजक संस्था धनगढी ट्रेनिङ्ग सेन्टर प्रा लि ले भरोसा गरेको छ । थप जानकारीको लागि ०९१५२६१३३ वा ९८४८६८८६४८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...