धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए । प्रदेश सरकारको यो निर्णय सँगै दशकौँ देखि पुनर्स्थापना पर्खाइमा रहेका यहाँका मुक्त कमैया, हलिया र कमलरीको पुनर्स्थापनाको ढोका खुलेको हो ।
मुक्त कमैया, हलिया तथा कमलरीहरुको आव २०७५/०७६ देखि रोकिएको पुनर्स्थापना तथा भरण शोषणको कार्य अब अगाडि बढ्ने आशा गरिएको छ । कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लास्थित ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लास्थित हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको हो ।