टीकापुरका २ युवक लागूऔषध सहित पक्राउ

धनगढी– कैलालीको टीकापुरका २ युवक लागूऔषध सहित पक्राउ परेका छन् । टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ स्थित सडकबाट २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित टिकापुर नगरपालिका-९ बस्ने २४ वर्षीय रोसन साउद र २७ वर्षीय योगेश साउदलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...