डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जना घाइते

डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार साँझ ५ बजे भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

जिपमा ६ जना सवार रहेकोमा अन्य दुई जना भने सकुशल रहेका छन् । डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Navadurga sun

डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करवीरसिंह ऐरका अनुसार घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्नादेवी साउँद छन् । उनीहरूको अवस्था मध्यम रहेको र एक जनालाई डिस्चार्ज गरिसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरी निरीक्षक ऐरले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...