करको दायरा विस्तार गर्ने कार्ययोजना माग गरे : अर्थमन्त्री शर्मा

काठमाडौं, ५ साउन- अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङको क्रममा मन्त्री शर्माले थोरै जनाबाट धेरै दरमा कर उठाउने नभई धेरैजनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना माग गरेका हुन् ।

मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मिहेनत गर्नुपर्नेमा जोड दिएका छन् । ‘यसको लागि मेरो तर्फबाट के सहयोग गर्नुपर्छ, त्यो मलाई भन्नुहोला, करदाताको संख्या विस्तार नगरेसम्म राजस्व संकलनको लक्ष पूरा गर्न सकिँदैन, उनले भने, ‘करदातामैत्री नीति कार्यान्वयन हुनुपर्‍यो ।’ उनले प्रशासनिक झण्झट हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए । कर तिर्न करदाताले वाक्कलाग्दो झण्झट बेहोर्नुपरेको सुन्मा आएको भन्दै यो अवस्था हटाउन आग्रह गरे ।

Navadurga sun

कर प्रशासनलाई करदातामैत्री बनाउर्नेमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको धारणा राखे । विद्यमान कर प्रशासनमा सुधार गर्ने हो भने सजिलै करको दायरा विस्तार गर्न सकिने मन्त्री शर्माको भनाइ रहेको छ । ब्रिफिङको क्रममा मंगलवार राजश्व व्यवस्थापन महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रस्तुति गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...