कञ्चनपुरमा खैरो हेरोइन सहित २ भारतीय पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध खैरो हेरोइन सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान कञ्चनपुर पुनर्बास नगरपालिका ११ डोके बजारबाट भारतको बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको साथबाट एक ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...