सुदूरपश्चिमबाट यस वर्ष ५५ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

सुदूरपश्चिमबाट २७ हजार २ सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्राहरुले एसइई दिने 

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- यही चैत १५ देखि २७ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ५५ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुने (एसइई) परीक्षामा सुदूरपश्चिम प्रदेशबाट मात्रै ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका हुन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दीपायल डोटीका अनुसार उक्त सहभागी हुने विद्यार्थी मध्ये २७ हजार २ सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्राहरू रहेका छन् ।

सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहराले एसइई परीक्षाका लागि २ सय ११ केन्द्राध्यक्ष, ३ सय ७४ सहायक केन्द्राध्यक्ष, २ हजार ७ सय ४३ निरीक्षक, ५ सय ५५ सहायक कर्मचारी तोकिएको बताए । सूचना अधिकारी बोहराका अनुसार एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी ३ हजार १ सय ६३ प्रहरी परिचालन हुनेछन् । यस्तै विद्यार्थी सहयोगी १०९५ जना राखिनेछन् ।

Malpot office dadeldhura

यसरी जम्मा ८ हजार १४३ जना कर्मचारी परिचालित हुने प्रदेश शिक्षा विकास निर्देशनालय दीपायल डोटीले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी परीक्षार्थी कैलालीबाट १८ हजार ७ सय २० जना र सबै भन्दा कम डडेल्धुराबाट २ हजार ५ सय ५७ जना परीक्षार्थी सहभागि हुँदैछन् । कञ्चनपुरबाट १० हजार ३ सय ३५, बैतडीबाट ५ हजार ८७, अछामबाट ४ हजार ९ सय ५० विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

त्यस्तै बझाङबाट ४ हजार ३ सय ८०, डोटीबाट ३ हजार २ सय ९७, बाजुराबाट २ हजार ९ सय ३४, दार्चुलाबाट २ हजार ७ सय ५० जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् । कञ्चनपुरमा २ वटा र बझाङमा थप एउटा केन्द्र तोकिएको छ । गत वर्ष २ सय ८ परीक्षा केन्द्र तोकिएकोमा यस वर्ष ३ वटा थप गरिदा २ सय ११ परीक्षा केन्द्र राखिएका छन् ।

परीक्षा पनि नयाँ पाठ्यक्रम अनुसार हुने निर्देशनालयका सूचना अधिकारी बोहराले यस वर्ष एसइई पास हुन ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षामा सबै विषयमा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनु पर्छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ। देशभरका परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला जिल्लामा पठाइसकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...