धनगढी– भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन् ।
उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विर सहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन् ।
नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन । उनी ओशो साधक हुन । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।