धनगढीमा लागूऔषध सहित एक जना पक्राउ

धनगढी- कैलालीको धनगढीबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेज बहादुर बोहरा लागूऔषध सहित पक्राउ परेका हुन ।

धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिन सहित पक्राउ परेका छन् । प्रहरी चौकी, त्रिनगरको टोलीले बोहरालाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...