काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ ।
प्रसाईंले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोग विरुद्ध रिट दायर गरेका थिए ।