
कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको बेदकोट नगरपालिका–७ गौजिमा करेन्ट लागेर करिब २२ वर्षीय विरे डगौरा घाइते भएका हुन् ।


उनलाई काम गर्ने समयमा बिजुलीको तारमा सरिया लाग्दा करेन्ट लागेको हो । घाइते डगौरालाई महाकाली प्रादेशिक अस्पतालबाट थप उपचारका धनगढी पठाइएको प्रहरीले जनाएको छ ।